काठमाडौं– एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर पहिले फिल्डिङ रोज्ने निर्णय गरेको छ।
नेपालले आफ्नो प्लेइङ सेटमा केही परिवर्तन पनि गरेको छ। गुल्सन झाको ठाउँमा करण केसीलाई मौका दिइएको छ। झा र केसी दुवै तीव्र गतिका बलर हुन्।
नेपाल र ओमान दुवै प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन्। दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ओमानले कतारलाई ४० रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।