काठमाडौं– ९०० मेगावटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विवादसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा मुद्दा ‘हेर्दा हेर्दै ’रहेको थियो। २०७९ माघ २५ गते देखि उक्त मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको थियो।
पछिल्लोपटक २४ गतेको पेसी तोकिएकोमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखेर बुधबारका लागि पेसी सारिएको थियो। निवेदकका तर्फबाट वहस सकिएको र आज (बुधबार) विपक्षी तथा सरकारी बकिलको वहस सुनेर संवैधानिक इजलासले किनारा गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।