काठमाडौं– त्रिवि क्रकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को खेलमा नेपालका कुशल मल्लले पनि अर्धशतक प्रहार गरेका छन्।
यसअघि भिम सार्कीले ७५ बलमा तीन चौकासहित अर्धसतक पूरा गरे्का थिए।
मलेसियाले लिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि चौथो नम्बर क्रिजमा उत्रिएका कुशलले २८ बलमा ५० रन पूरा गरेका हुन्।
अहिले भिम ८९ बलमा ६४ रन बनाएर खेलिरहेका छन् भने कुशल ३२ बलमा ६३ रन बनाएर खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।