काठमाडौं– त्रिवि क्रकेट मैदान कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को खेलमा नेपालका भिम सार्कीले मलेसियाविद्ध अर्धशतक प्रहार गरेका छन् ।
मलेसियाले लिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भिम सार्कीले ७५ बलमा तीन चौकासहित अर्धशतक पूरा गरे।
उनले कुशल मल्लसँग ५४ रनको साझेदारी गर्दै अर्धशतक पूरा गरेका हुन्। अहिले भिम ७९ बलमा ५५ रन बनाएर खेलिरहेका छन् भने कुशल २५ बलमा ४३ रन बनाएर खेलिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।