काठमाडौं– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। सोमपाल कामीले व्यक्तिगत पहिलो विकेट लिँदै नेपाललाई पाँचौं सफलता दिलाए।
सोमपालले साइद अजिजलाई रोहित पौडेलको हातबाट क्याचआउट गराए। साइदले १४ बलमा १३ रन बनाएर खेलिरहेका थिए।
पहिलो विकेट सस्तैमा गुमाएको मलेसियाले दोस्रो विकटमा राम्रो साझेदारी गरेको थियो। त्यसपछि नेपाल लगातार ४ विकेट लिन सफल भएको छ। नेपालका लागि पहिलो विकेट गुल्सन झा, दोस्रो विकेट सन्दीप लामिछाने र तेस्रो तथा चौथो विकेट ललित राजवंशीले लिएका थिए।
मलेसियाका लागि कप्तान अहमद फेज ७६ रन बनाएर आउट भए। ९५ बल खेलेका उनले ८ चौका र एक छक्काको मद्दतले ७६ रन बनाए। उनलाई भिरनदिप सिंहले साथ दिएका थिए। सिंह ४६ रन बनाएर आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।