काठमाडौं– एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालको सामना गरिरहेको मलेसियाले १०० रन पार परेको छ। पहिलो विकेट सस्तैमा गुमाएको मलेसियाले दोस्रो विकटमा राम्रो साझेदारी गरेको छ।
मलेसियाका लागि कप्तान अहमद फैजले अर्धशतक बनाएका छन्। उनले ६५ बलमा ७ चौकाको मद्दतले ५१ रन पुरा गरेका छन्। उनलाई भिरनदिप सिंहले २८ रन बनाएर साथ दिएका छन्।
टस हारेर बलिङ गरेको नेपाललाई पहिलो सफलता गुल्सन झाले दिलाएका थिए। गुल्सनले १७ रनमा खेलिरहेका मोहम्मद अमिरको विकेट लिएका थिए। उनी ओपिनिङ ब्याट्सम्यानको रुपमा मैदान आाएका थिए।
१ विकेट लिएका गुल्सनले ५ ओभर बलिङ गर्दा ३३ रन खर्च गरेका छन्। आरिफ शेखले ४ ओभरमा २३ रन खर्न गरेका छन्। ६.१ ओभर बलिङ गरेका ललित राजशंशीले १६ रन खर्च गरेका छन् भने सन्दीप लामिछानेले ५ ओभर बलिङ गर्दै १६ रन खर्चेका छन्। ४ ओभर बलिङ गरेका सोमपाल काकीले १४ रन खर्च गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।