काठमाडौं– एसीसी प्रमियर कप पुरुष क्रिकेटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ।
बलर गुल्सन झाले पहिलो विकेट लिँदै नेपालाई पहिलो सफलता दिलाएका हुन्। ५.५ ओभरमा गुल्सनले मलेसियाका ओपनिङ ब्याट्सम्यान मुहम्मद अमिरलाई दीपेन्द्रसिंह ऐरीबाट क्याचआउट गराए।
मुहम्मद अमिर १८ बलमा १७ रन बनाएर पेविलियन फर्किए। नेपाल र मलेसिया बीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।