काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप पुरुष क्रिकेट आज (मंगलबार)देखि सुरु हुँदै छ। काठमाडौंमा हुने प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै छ।
एसीसी प्रिमियर कपका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुनेछन्। दुवै मैदानमा आज बिहान ९:३० बजेदेखि खेलहरु सुरु हुँदैछन्।
त्रिवि क्रिकेट मैदानमा नेपाल र मेलिसियाबीच प्रतिस्पर्धा हुँदैछ। यस्तै मुलपानी क्रिकेट मैदानमा हङकङ र सिंगापुर खेल्दैछन्।
१ महिना अगाडि (चैत २ गते) यूएईलाई हराएर विश्वकप लिग २ को यात्रा निश्चित गरेको नेपाल पहिलोपटक एसिया कपमा खेल्ने लक्ष्यमा छ। हालसम्म एसिया कपमा छनोट हुन नसकेको नेपाल प्रिमियर कपको शीर्ष स्थानमा रहँदै एसिया कपमा सहभागिता जनाउने लक्ष्यमा छ।
एसियाका टेस्ट खेल्ने बाहेक १० देशका एसोसिएट टोलीले एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछन्। १० टोलीलाई ‘ए’ र ‘बी’ गरी २ समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा नेपालसँगै, ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिस जिसी र ललित राजवंशी।
वैकल्पिक खेलाडी: अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।