काठमाडौं- क्रिकेटमा चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ। आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच भएको खेलमा रोचक संयोग बनेको छ।
आइतबार मुम्बई इन्डियन्सबाट क्रिकेटका बादशाह सचिन तेन्दुलकरका छोरा अर्जुनले आईपीएलमा डेब्यू गरे। उनले डेब्यू ओभरमा केकेआरविरुद्ध बलिङ गर्दा पाँच रन दिए।
पिताले आईपीएलको अन्तिम खेल खेलेको १० वर्षपछि डेब्यू गरेका अर्जुनले दुई ओभर बलिङ गरेका थिए।
सन् २००९ मा सचिनले पहिलोपटक आईपीइएल खेल्दा आफ्नो पहिलो ओभरमा ५ रन नै दिएका थिए, त्यो पनि केकेआर टिमविरुद्ध बलिङ गर्ने क्रममा।
अर्जुनले आइतबार मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माको सट्टा मैदानमा उत्रिने मौका पाएका थिए।
२३ वर्षीय अर्जनुले अहिलेसम्म ७ वटा पहिलो श्रेणीका खेल खेलेका छन् उनले १२ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।