काठमाडौं– लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै पञ्चाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चौथो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा पञ्जाबले लखनउविरुद्ध २ विकेटको जित हात पार्यो।
घरेलु मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रनको योगफल बनायो। १६० रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
पञ्चावका लागि सिकन्दर राजाले सर्वाधिक ५७ रन बनाए। उनले ३ छक्का र ४ चौका प्रहार गरे। यस्तै, म्याथ्यू शर्टले ३४ रन बनाए भने शाहरुख खानले अविजीत २३ रन बनाए। हरप्रति सिंहले २२ रन बनाए।
पञ्जाबले निकै खराब सुरुवात गर्ने क्रममा अर्थव टाइड शून्य र प्रवसिमरनसिंह ४ रनमै आउट भए। अरु ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्न नसक्दा धर्मराएको पञ्जाबको पारी पाँचौं नम्बरमा आएका सिकन्दर राजाले उकासे।
पञ्जाबविरुद्ध लखनउका लागि युद्धविर सिंह, मार्क वूड र रवि बिस्नोइले समान २–२ विकेट लिए। यस्तै, क्रिस्नप्पा गोथाम र क्रुनाल पाण्ड्याले समान १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा १५९ रन बनाउँदा कप्तान केएल राहलले ७४ रन बनाए। कायल मार्सले २९ रन जोडे। क्रुनाल पाण्ड्याले १८ तथा मार्कस स्टोनिसले १५ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।
लखनउविरुद्ध पञ्जाबका साम कुर्रनले ३ तथा कासिगो राबडँले २ विकेट लिए। यस्तै, अर्सदीप सिंह, हरप्रित ब्रार र सिकन्दर राजाले समान १–१ विकेट लिए।
जितसँगै पञ्जाब ५ खेलबाट ६ अंक जुटाउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। ५ खेलबाटै ६ अंक जुटाएको लखनउ रनरेटका आधारमा दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।