तस्बिर: क्यान
काठमाडौं– एक दिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
यसअघि १५औं स्थानमा रहेको नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लिएको हो।
आईसीसीले भर्खरै सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले एक स्थान सुधार गरेको हो।
विश्वकप छनोटको लिग–२ अन्तर्गतका पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेपछि नेपालले आफ्नो वरीयतामा पनि सुधार गर्दै आएको छ।
एक दिवसीय वरीयताको पहिलो नम्बरमा अष्ट्रेलिया, दोस्रोमा न्युजिल्यान्ड र तेस्रोमा भारत छन्।
आईसीसीको१२ फुल मेम्बरपछि नेपाल एसोसिएट राष्ट्रमा दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।