• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उप–निर्वाचन : तीनै क्षेत्रमा ठूला दलले दर्ता गराए उम्मेदवारी, आ–आफ्नै दाबी र आरोप–प्रत्यारोप

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  १७:१९
1140x725

काठमाडौं– आगामी बैशाख ४ गते तीनवटा निर्वाचन क्षेत्रमा उप–निर्वाचन हुँदैछ। तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उप–निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गरेका छन्।

उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले जित्ने दाबी गर्न थालेका छन्। उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेपाली कांग्रेसले २, जसपा १ र जनमतले १ स्थानमा उम्मेदवार उठाएका छन्। सत्ता गठवन्धनभित्र रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएका छैनन्। 

तनहुँ–१

tanahu-11680517943.jpg
तनहुँ १ मा उप–निर्वाचनका लागि सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराए। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने छ। 

राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र भएकाले उक्त क्षेत्रमा पुन: जित हात पार्नुपर्ने दबाब भट्टराईलाई छ। पौडेलका कारण निर्वाचनमा भाग लिन नपाएका भट्टराईका लागि यो अवसर पनि हुने छ। 

उक्त क्षेत्रमा नेकपा एमालेले पूर्व आइजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ। मंसिर ४ मा भएको निर्वाचनमा पराजित भएको एमाले उक्त पराजयलाई जितमा बदल्ने सोचमा छ। त्यस्तै उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस परित्याग गरेका अर्थविद स्वर्णीम वाग्ले पनि मैदानमा छन्। वाग्लेको आगमनसँगै यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

शानदार मतले जित्नुपर्छ :  वाग्ले 
रास्वपाबाट तनहुँ–१मा उम्मेदवारी दर्ता गराउँदै वाग्लेले देशको अवस्था र अर्थ व्यवस्थामा सर्जरी नै चाहिने भएकाले आफू सांसद बन्न लागेको दाबी गरे। 

निर्वाचन प्रचार कार्यालय उद्घाटन गर्दै उनले चितवन–२ मा जस्तै तनहुँ–१ ले पनि सन्देश दिनुपर्ने बताए। ‘अब सामान्य मतले जितेर पुग्दैन। शानदार रुपमा जित्नुपर्छ। चितवन–२ मा जस्तै तनहुँ १ ले सन्देश देओस्,’ उनले भने, ‘किनकि बिरामी परेको राज्यव्यवस्था र अर्थ व्यवस्थाका लागि सर्जरी नै चाहिन्छ, सामान्य झारफुकले पुग्दैन।’

Ncell 2
Ncell 2

उनले अब आउने पुस्ताले देशमै केही हुन्छ भन्ने आशा गर्ने ठाउँ बनाउन पनि आफूहरु लागि परेको बताए। उनले थपे, ‘देशमा कुशासन छ। प्रणाली भत्किएका छन्। सेटिङ भइरहेका छन्। सार्वजनिक संस्था क्षयीकरण भएको छ।’

आफूहरुले भ्रष्टाचारका फाइल खोल्ने बताउँदै उनले  ‘यो देशमा केही हुँदैन’ भन्ने नैराश्य चिर्न आफूहरु आएको दाबी गरे। २०८० साल देशको राजनीतिमा कोल्टे फेर्ने वर्ष भएको उनको भनाइ थियो।

रामचन्द्र पौडेलको उत्तराधिकारी हुँ : भट्टराई 
कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका भट्टराईले आफू राष्ट्रपति रामचन्द्र पौडेलको उत्तराधिकारी भएको दाबी गरे। मनोनयन दर्ता गराएपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले तनुहँका जनताको विकास र स्थानीय नेताको रुपमा सधैं सँगै रहेको बताए।

उनले नेपाली कांग्रेसका असल कार्यकर्ता र जनताको विकासमा सँगै रहने भएकाले आफूले जित्नु आवश्यक रहेको र जित निश्चित रहेको दाबी गरे। 

जित उन्मुख छौं :  खनाल 
नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका पूर्व आइजीपी सर्वेन्द्र खनालले तनहुँमा आफू जित्नेमा विश्वस्त रहेको बताएका छन्। उम्मेदवारी दर्ता गराएर फर्कँदै गर्दा उनले जितको आधार भनेको पार्टीको संगठन र जनताको विश्वास भएको बताए।

उनले यस क्षेत्रबाट अघिल्लो पटक नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जनताले अन्तिम पटक जिताएर पठाएकाले अब एमालेको पक्षमा मत आउने दाबी गरे। 

चितवन–२

chitwan-21680517943.jpgबैशाख १० मा हुने उप–निर्वाचन जित्नैपर्ने दबाबमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। मंसिर ४ मा भएको निर्वाचनमा उनी उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।

उनी निर्वाचित भएपछि सर्वोच्चमा परेको एक रिटमा फैसला हुँदा उनले सांसद पद गुमाए। नेपाली नागरिकता लिँदा प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको सांसद पद खारेज गरिदिएको थियो।

उनले पुन: नागरिकता लिँदै दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन्। उनलाई टक्कर दिन सत्ता गठबन्धनले नेपाली कांग्रेसका तर्फबाट जित नारायण श्रेष्ठलाई अगाडि सारेको छ। श्रेष्ठलाई माओवादी र एकीकृत समाजवादीले सर्मथन गरेका छन्। अघिल्लो पटक नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ उक्त क्षेत्रबाट पराजित भएका थिए।

गत मंसिरमा भएको निर्वाचनमा लामिछानेले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए।  लामिछानेले ४९ हजार २६१ मत, श्रेष्ठले १५ हजार ९९ मत र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका थिए।

भावी पुस्ताको भविष्य सुरक्षित गर्न उम्मेदवारी : लामिछाने 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गराउँदै भावि पुस्ताको भविष्य सुनिश्चित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। सोमबार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्दै आफ्नो उम्मेदवारी भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न केन्द्रित हुने बताए।

उनले आफूले यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए। तपाईंको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्‍यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताए।

चितवनवासीको सेवाका लागि मेरो उम्मेदवारी : श्रेष्ठ
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चितवन–२ का मतदाताले स्थानीय उम्मेदवार र सुख–दुःखको साथी भएकाले आफूलाई निर्वाचित गराउने बताए। उनले आफूले गरेको काम सबैलाई थाहा भएको भन्दै चितवनवासीको सेवाका लागि सांसद बन्न प्रतिस्पर्धामा उत्रिएको बताए।

‘चितवनवासीको सुख–दुःखमा सँग–सँगै छु,’ श्रेष्ठले भने, ‘चितवनका घर–घर चिन्छु, कुन बाटोमा कसको घर पर्छ, कुन वडाको सिमाना कहाँ पर्छ, मलाई थाहा छ। यही अनुसार काम गर्न सक्छु।’

बारा–२

bara-21680517944.jpgयस्तै बारा क्षेत्र नम्बर २ मा पनि उप–निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन लड्ने तयारी गर्दादेखि चर्चा थियो। उनलाई टक्कर दिन जनमत पार्टीका अध्यक्ष सिके राउत आफैं फिल्डमा उत्रेका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त क्षेत्रमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई मैदानमा उतारेको छ। त्यस्तै राउतका तर्फबाट मैदानमा रहेका उम्मेदवार यसअघि निकटतम प्रतिस्पर्धी थिए। तत्कालीन समयमा उनी सत्ता गठबन्धनका उम्मेदवार थिए भने यसपटक जनमत पार्टीबाट उम्मेदवार बनेका छन्। 

मंसिर ४ गते भएको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए। जसपाका यादव उपरााष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको थियो। तत्कालीन समयमा यादवले १३ हजार ८ सय २२ मत प्राप्त गरेका थिए भने माओवादीका तर्फबाट उम्मेदवार भएका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए।

त्यस्तै उक्त क्षेत्रमा नेकपा एमालेले पुरुषोत्तम पौडेलाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रमा यादवलाई नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादीले सर्मथन गरेका छन् भने जनमत र रास्वपा एक्ला एक्लै निर्वाचनको मैदानमा छन्।

जित निश्चित छ : यादव 
जसपाका अध्यक्ष यादवले बारा जिल्लाले इतिहास बनाएको बताएका छन्। आन्दोलन र उपराष्ट्रपतिसम्मको इतिहास बनाएको भन्दै उनले यसपटक आफ्नो जित निश्चित रहेको दाबी गरे। उनले मतदाताको आह्वान र आग्रहका कारण आफू बारा–२ मा आएको बताए।

उनले गाउँ–गाउँमा जाँदा आफूले जनतामा धेरै उत्साह देखेको भन्दै उनले बारा जिल्लालाई विकसित जिल्ला बनाउने इच्छा रहेको बताए। अस्पताल र विकासयुक्त जिल्ला बनाउनुपर्ने र र त्यसका लागि आफूले जितेमा मात्र सम्भव हुने यादवको भनाइ थियो। 

उनले मधेस आन्दोलनबाट धेरै उपलब्धि हासिल भएको भन्दै मधेस राज्य बन्ने कार्य त्यही आन्दोलनबाट सफल भएको दाबी गरे। उनले मधेस प्रदेशमा विकास र सुशासन कायम गर्नु आफ्नो चाहना भएको बताए। 

उपेन्द्र यादवलाई पराजित गर्न जनमतको उम्मेदवार भएको हुँ : कुशवाह
राष्ट्रिय जनमत पार्टीका उम्मेदवार कुशवाहले उपेन्द्र यादवलाई पराजित गर्नकै लागि आफूले उम्मेदवारी दिएको बताए। उम्मेदवारी दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै उनले यो क्षेत्रमा मंसिर ४ मा आफू निकटतम प्रतिस्पर्धीको रुपमा रहेको तर यसपटक विजयी हुने दाबी गरे। 

उनले मधेसको मुक्तिका लागि सिके राउतको नेतृत्वमा नयाँ दलले काम गरिरहेको भन्दै यसमा मधेसी जनताले साथ दिने उनले विश्वास व्यक्त गरे। बैशाख १० गते हुने मतदानमा जनता आफ्नो पक्षमा उभिने कुरा केही दिनदेखि आयोजना भइरहेको सभाबाट नै आएको लहरले पुष्टि हुने उनको दाबी छ। 

मेरो उम्मेदवारी राष्ट्रिय आवश्यकता हो : खरेल 
राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ का उमेदवार बनेका रमेश खरेलले आफूले सबैलाई पछि पारेर जित हात पार्ने दाबभी गरे। उम्मेदवारी दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी राष्ट्रिय आवश्यकतासमेत भएको दाबी गरे। 

आफू सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले मतदाताले संगठनभन्दा पनि योग्य मानिसलाई मत दिने बताए।

२०४८ र ०५६ झै एमालेले जित्ने संकेत देखियो : पौडेल 
यस्तै बारा २ बाटै उम्मेदवारी दर्ता गराएका एमालेमा उम्मेदवार पुरुषोत्तम पौडेल मनोनयन दर्ता गराउँदै एमालेले जित्ने संकेत देखिएको दाबी गरे।

एमालेका नेता, कार्यकर्ता र समर्थकसहित कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले पत्रकारसँग कुरा गर्दै बारा–२ ०४८ सालमा एमालेले जितेको क्षेत्र भएका र ०५६ सालमा पार्टी फुट्दा पनि एमालेले जितेकाले यसपटक उक्त इतिहास दोहोरिने दाबी गरे।

बारा–२ मा गठबन्धनले काम नगर्ने उनको भनाइ थियो। गठबन्धन नेताहरुबीचमा भए पनि जनताले त्यसलाई नमान्ने उनको भनाइ छ। देश निर्माणको लागि असल नेतृत्व आवश्यक हुने भन्दै उनले यहाँका जनताले आफूलाई जिताउने दाबी गरे।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १७:१९
  • #उप–निर्वाचन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ
सम्बन्धित सामग्री
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले अयोगबारे यस्तो टिप्पणी गरेका हुन् । बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ भक्तपुरमा आयोजित कार्यमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भ... बिहीबार, असोज २३, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
ताजा समाचारसबै
माइतीघरबाट पक्राउ परेकाहरुलाई रिहा गर्न राप्रपा प्रमुख सचेतक शाहीको माग बिहीबार, असोज २३, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, असोज २३, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्