काठमाडौं– इन्डियन प्रमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्लोरले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको खेलमा बेङ्लोरले मुम्बई इन्डियन्सविरुद्ध ८ विकेटको सानदार जित निकाल्यो।
विराट कोहली र कप्तान फाप डु प्लेसिसको उत्कृष्ट साझेदारीमा बेङ्लोरले मात्र २ विकेटको क्षतिमा मुम्बईले दिएको १७२ रनको लक्ष्य पूरा गर्यो। विराट कोहली र कप्तान फाप डु प्लेसिसले एक सय ४८ रनको ओपनिङ साझेदारी गरे।
डु प्लेसिस ४३ बलमा ७३ रन बनाउदै आउट भए । कोहली ८२ रनमा अविजित रहे। ४९ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। दिनेश कार्तिक भने डक आउट भए । ग्लेन म्याक्सवेल १२ रमा अविजित रहे।
मुम्बईका अर्सद खान र ग्रिनले १-१ विकेट लिए।
चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्ता पाएको मुम्बईले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७१ बनायो।
मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ८४ रन बनाए। ४६ बलको समना गरेका उनले ४ छक्का र ९ चौका प्रहार गरे।
कप्तान तथा ओपनर रोहित शर्मा १ रन मात्र बनाएर आकाश दीपको बलमा क्याचआउट हुँदै पभेलियन फर्किए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।