फाइल तस्बिर।
काठमाडौं- नेकपा एमालेले वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरू टुंगो लगाएको छ।
शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवारहरू टुंगो लगाएको हो।
पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारहरू यसप्रकार छन्-
बारा- २ : (थप छलफल गर्ने)
चितवन- २ : रामप्रसाद न्यौपाने
तनहुँ- १ : सर्वेन्द्र खनाल
तीनवटै क्षेत्रमा पार्टीले आफ्नै उम्मेदवार उठाइने पनि गुरुङले जानकारी दिए।
उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।