काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओस र नेपालले पहिलो हाफ सकिँदा बराबरी खेलेका छन्।
दुवैतर्फबाट १–१ गोल भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलमा लाओसले सुरुवाती अग्रता बनाएको थियो।
खेलको १७औं मिनेटमा फौथाभोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। तर २४ औं मिनेटमा नेपालका लागि आयुष घलानले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्।
चैत ८ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले ५ हजार डलर पुरस्कार पाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।