काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीवापतको खर्च खारेज गर्ने तयारी गरेका छन। गृहमन्त्री श्रेष्ठले सुराकी वापतको खर्च खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका हुन्।
मन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले सुराकी वापतको खर्च नै खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको जानकारी नेपाल लाइभलाई दिए।
गृहमन्त्री तथा सचिवहरुले बर्सेनि सुराकी वापत भन्दै लाखौं रकम मनपरी खर्च गर्दै आएका छन्। अबदेखि उक्त रकम खारेज गर्ने भन्दै गृहमन्त्री श्रेष्ठले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।