काठमाडौं– कांग्रेस परित्याग गरेका अर्थविज्ञ स्वर्णीम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने पक्का भएको छ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बैशाख १० गते हुने प्रतिनिधि सभाको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन्।
उक्त क्षेत्रका लागि सिफारिस भएका तीन जनामध्ये दुई जनाले वाग्लेको नाममा समर्थन गर्दै नाम फिर्ता लिएपछि वाग्ले निश्चित भएको रास्वपाका एक नेताले जानकारी दिए।
रास्वपाले यसअघि तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस हुनेमा डा रुपक घिमिरे र ईश्वर लामिछानेले नाम फिर्ता लिएका हुन्। कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।