काठमाडौं– बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले पाएका छन्।
बागमती प्रदेशको आज बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।
बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्रा डा नरविक्रम थापालाई नियुक्त गरेको छ भने बैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकार मातहतका सबै कार्यालयहरूमा अनिवार्य विद्युतीय हाजिरी सेवा लागुगर्ने निर्णय पनि गरेको छ।
साथै, माझी समुदायको लदी पर्व फाल्गुन १५ र चेपाङ समुदायको न्वागी पर्व भाद्र २२ गते सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।