काठमाडौं– प्रहरीले अढाई लाख रुपैयाँसहित ९ जना ‘जुवाडे’लाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले शुक्रबार बेलुका चुनदेवी मार्गस्थित बिनु लामाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घरधनि काठमाडौं महानगरपालिका–३ की ४२ वर्षीया बिनु लामा छन्। उनको साथबाट ७६ हजार नगद बरामद भएको छ।
यस्तै, ४३ हजार नगदसहित काठमाडौंको बानियाटार बस्ने ५३ वर्षीय कुमार ठकुरी, ७ हजार नगदसहित बालाजु बस्ने ४० वर्षीय प्रकाश पुन र कलंकी बस्ने ४० वर्षीय यादव रायमाझी, १३ हजार नगदसहित महाराजगञ्ज बस्ने रामकाजी गुरुङ पक्राउ परेका छन्।
यसैगरी, नगद २ हजार भारु र १८ हजार नेरुसहित बानेश्वर बस्ने ४३ वर्षीया सविता शर्मा, ६० हजार नगदसहित मण्डिखाटा बस्ने ३८ वर्षीया तेजकुमारी खतिवडा, २४ हजार नगदसहित धुम्बाराही बस्ने ३८ वर्षीय विशाल राजवंशी र नारायणथान बस्ने ४८ वर्षीय मिरा गुरुङ पक्राउ परेका छन्। मिराको साथबाट नगद बरादम भएन। सबै जनाबाट गरेर २ लाख ४८ हजार रुपैयाँ बरादम भएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुका ब्राजिलियन दूतावास पछाडी चुनदेवी मार्गस्थि बिनु लामाको घरमा जुवा खेलिरहेको भन्ने सूचनापछि पुगेको प्रहरी नायब निरीक्षक राजन ढुंगाना नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।