काठमाडौं– डीआईजीबाट एआईजीमा बढुवा भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयबाट बढुवा भएका पाँच एआईजीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
आईजी धिरज प्रताप सिंहले बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
अहिले एआईजीमा बढुवा भएकाहरूमध्येबाटै एक जना यही चैत ११ गतेबाट आईजी बन्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।