• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर

64x64
रासस बुधबार, चैत ८, २०७९  ०७:४२
1140x725

गलकोट– काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन्। यी सुन्दरमात्र होइनन्, टिकाउ पनि उत्तिकै हुन्छन्। तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन। यसबारे अनुमान लगाउन मुस्किल पर्छ।

मठ, मन्दिर, सत्तल, पाटी पौवा तथा घरलाई आकर्षक र कलात्मक बनाउन काष्ठकलामा संलग्नले काठमा पोखेको कलामा नेपाली सभ्यता र संस्कृति झल्किन्छ।

पछिल्लो समय काष्ठकलाप्रति युवाको आकर्षण घट्दै गएको पाइन्छ। काष्ठकला पुस्तान्तरणसमेत हुन नसक्दा कलाकारको मात्र होइन, काठबाट निर्माण गरिएका सामग्री अभाव हुन थालेको छ। यी विविध समस्याबीच पनि बागलुङ नगरपालिका–३ का भीमबहादुर विश्वकर्माले भने आफ्ना सात पुस्ताले अँगालेको काष्ठकला पेसालाई धान्दै आएका छन्।

खर्च र समय बढी लाग्ने भएकाले पछिल्लो पुस्ताले काठबाट निर्मित टुँडाल, झ्याल र ढोकाको प्रयोग न्यूनरुपमा गर्न थालेको विश्वकर्मा बताउँछन्। ‘धेरै समस्या छन्, तर मैले पुर्खाको पेसालाई जोगाइराखेकै छु’, उनले भने। बागलुङमा घरमा भन्दा पनि मठ–मन्दिरमा काष्ठकलाको प्रयोग बढी हुने गरेको छ। गत भदौदेखि विश्वकर्मा बागलुङ कालिका मन्दिरमै बास बसेर मन्दिरलाई कलात्मक बनाउन लागिपरेका छन्। उनीसँगै कान्छा छोरा विकास पनि मन्दिरमै बुवासँगै काष्ठकलामा लागेका छन्।

कालिका मन्दिरलाई कलात्मक बनाउने काष्ठकलाको जिम्मा ६० वर्षीय विश्वकर्माले लिएका छन्। विश्वकर्माको जीवन काष्ठकलामै बित्यो। आफ्नो सात पुस्तादेखि नै मुख्य पेसा काष्ठकला नै रहेको उनी बताउँछन्। बुवा मोतिलालले विभिन्न मन्दिरको टुँडाल तथा भगवान्‌का आकृति बनाएको देखेरै १५ वर्षको उमेरदेखि विश्वकर्मा काष्ठकलातर्फ आकिर्षत भएका थिए। 

हाल आठ लाख रुपैयाँमा कालिका मन्दिरको हवन कुण्ड, शिवालय मन्दिर र गणेश मन्दिरका लागि आवश्यक टुँडाल, आँखीझ्याल तथा विभिन्न भगवान्का आकृति तयार गरिराखेका विश्वकर्माले काष्ठकला व्यवसाय आफ्नो परिवारमा पुस्तान्तरण हुँदै आएको बताए।

विश्वकर्मासँग काष्ठकलासहित तामाले छाउने कार्यकोसमेत ज्ञान छ। उनले काठलाई विभिन्न घरेलु औजारले महिनौं कुँदेर विभिन्न आकृतिमा निर्माण गर्दै आएका छन्। ‘सात पुस्ता काष्ठकलामै समर्पित भयो, बुवासँग २०४८ सालमा कालिका मन्दिरको गजुर मिलाउने, झ्याल तथा ढोका कुँद्ने काम गरेको थिएँ, अहिले बुवाले बनाएकै आँखीझ्याल तथा टुडाँल कालिका मन्दिरमा छन्, बुवा बित्नुभएकै २० वर्ष भयो’, उनले भने, ‘अहिले पुनः कालिका मन्दिर क्षेत्रमा निर्माण गरिने हवन कुण्ड, शिवालय र गणेश मन्दिरमा मैले आफ्नो कला पोख्ने अवसर पाएको छु।’

विश्वकर्माका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दीलगायत ठाउँमा राजाको दरबार, मठ–मन्दिरलगायतमा काष्ठकलाको काम गरेका थिए। गुल्मीको रिडीस्थित रिडेश्वर मन्दिर पनि उनकै पुर्खाले बनाएको विश्वकर्माको भनाइ छ। कालिका मन्दिरको मुख्यद्वार नजिकै  बुवाको नाम देखाउँदै उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

‘काष्ठकलाकै कामले जीवन चलाउँदै आएको छु’, उनले भने। पञ्चकोट, कारिकोट, तित्याङ मनकामनालगायत प्रसिद्ध मन्दिरको ढोका तथा विभिन्न आकृतिमा झ्याल निर्माण गरिसकेको उनले बताए। 

सानैदेखि बुवासँग काष्ठकलाको काम सिकाले अहिले सहज भएको विश्वकर्माको भनाइ छ। कान्छो छोरा विकासले काष्ठकलाको काम सिकिसकेकाले पुस्तान्तरण भएको उनको ठम्याइ छ। पछिल्लो समय कृत्रिम र विद्युतीय उपकरकणको सहायताले काष्ठकलाको काम थालिएको छ। घरेलु हतियारले निर्माण गरेको काठको छुट्टै महत्व रहेको उनी बताउँछन्। 

कालिका मन्दिरको हवन कुण्डमा नाग देवता, भगवती, बुद्ध भगवान्, विष्णु, देवी र जलदेवतालगायत आकृतिमा काठ कुँदेर निर्माण गरिएको उनले जानकारी दिए। विश्वकर्माले कलात्मक ढंगले कुँदिएको ढोकालाई अहिलेको बजारभाउ एक लाख ८० हजार पर्ने बताए। 

उननले एक पुस्ताले एक स्थानमा बनाएको आकृति अर्को स्थानमा नबनाउँदा उक्त मन्दिरको कलात्मक महत्व बढेर जाने बताए। उनले काष्ठकलामा लागेर पुर्खाले बिर्ता पाएकोसमेत सुनाए। अहिले काष्ठकलाबाट जीवन गुजरामात्रै चलाउन ठिक्क भएको उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कहिलेकाँही काष्ठकलाको काम लगातार पाउँदा आम्दानी राम्रै हुन्छ, कतिबेला भने  खाली हात बस्नुपर्ने बाध्यता हुन्छ’, विश्वकर्माले भने। उनले बालभैरव मन्दिर, तित्याङ मनकामना मन्दिर, विभिन्न कूल मन्दिर तथा कयौँ व्यक्तिगत घरका टुडाँल, झ्याल तथा ढोका बनाइसकेको जानकारी दिए।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार सडकखण्डको काम सम्पन्‍न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्‍न हुन नसकेपछि ठेक्का तोडिएको हो । ठेक्का तोड्दासम्म भौति... बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह महासंघले बुधबार विज्ञप्ति जारी गर्दै ग्यासको कारोबारलाई पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउन निगमले अघि सारेको व्यवस्था सकारात्मक रह... बुधबार, कात्तिक ११, २०८३
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्