• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

२ दिनपछि प्रहरीमा नयाँ आईजी, पहिलोपटक महिला प्रतिस्पर्धामा

64x64
नेपाल लाइभ बुधबार, चैत ८, २०७९  १६:५७
1140x725

काठमाडौं– दुई दिनपछि नेपाल प्रहरी नयाँ आईजी (महानिरीक्षक) पाउँदैछ। हालका आईजी धीरजप्रताप सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, दिवेश लोहनी, उत्तमराज सुवेदी ३० वर्षे सेवा अवधिका कारण चैत १० गतेदेखि अनिवार्य अवकाशमा जानेछन्।

त्यसपछि रिक्त आईजी पदका लागि सरकारले एक जनालाई बढुवा गर्नेछ। भर्खरै एआईजीमा बढुवा भएका बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यमध्येबाट एकजना नेपाल प्रहरीको ३० औं आईजीका लागि बढुवा हुनेछन्।

यी पाँच जनामध्ये एकजना यस्ता व्यक्ति हुनेछन् जो एआईजीको फुली लगाएको दुई दिनपछि नै आईजीको फूली लगाउने भाग्यमानी हुनेछन्। अर्को रोचक पक्ष त के भने नेपाल प्रहरीको इतिहासमै पहिलो पटक महिला प्रहरी अधिकृत किरण बज्राचार्य आईजीको प्रतिस्पर्धामा छिन्। यसअघिसम्म नेपाल प्रहरीले आईजीको प्रतिस्पर्धी महिलासमेत पाएको थिएन।

Kiran_Bajracharya_AIG1679482601.jpg
एआईजी किरण बज्राचार्य

अर्घाखाँचीका बसन्त कुवँर पहिलो नम्बरमा एआईजी बढुवा भएका छन्। डीआईजी बढुवा हुँदा पनि उनी पहिलो नम्बरमै थिए। पूर्व महान्यायाधीवक्ता तथा गण्डकी प्रदेशको प्रदेश प्रमुखसमेत भइसकेका बाबुराम कुँवरका सहोदर भाइ हुन् बसन्त। कुँवरको कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको बताइन्छ।

मधेस प्रदेश प्रहरी प्रमुख भएर काम गरेका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकोसमेत जिम्मेवारी सम्हालिसकेका छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता भएर काम गरेका कुँवरले डीआईजी हुँदा कार्य विभागमा रहेर पनि काम गरिसकेका छन्। एसपीमा नुवाकोट लगायतका विभिन्न जिल्लामा रहेर उनले काम गरेका छन्।

उनीपछि दोस्रो नम्बरमा बढुवा भएका राई लामो समय सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन्। ३० वर्षे प्रहरी सेवा अवधिको दुई तिहाई अर्थात् २० वर्षभन्दा बढी राईले बिनाबर्दी काम गरेका छन्। नेपाल प्रहरीको आतंकवाद तथा अन्तरदेशीय अपराधहरुको अनुसन्धान गर्ने विशिष्टकृत इकाई विशेष ब्यूरोमा दुई दशकभन्दा बढी रहेर काम गरेका राईसँग आतंकवाद तथा प्रतिआतंकवादसम्बन्धी राम्रो ज्ञान छ।

लामो समय बिना बर्दी काम गरेका राईले एसपी हुँदा भने बाँके जिल्लाको इन्चार्ज भएर काम गरेका थिए। एसएसपीमा बढुवा भएपछि जिल्ला प्रहरी परिसर ललितपुर तथा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोमा रहेर उनले काम गरेका छन्। केन्द्रीय प्रवक्तासमेत भएर काम गरेका उनले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको रुपमा पनि काम गरेका छन्। तुलनात्मक रुपमा उनी शक्तिकेन्द्र कम धाउने प्रहरी अधिकृतको रुपमा चिनिन्छन्।

तेस्रो नम्बरमा बढुवा भएका थापाको माओवादीका नेताहरुसँग निकट सम्बन्ध रहेको बताइन्छ। थापाको अन्य दलका नेता तथा शक्तिकेन्द्रहरुसँग पनि राम्रो सम्बन्ध रहेको छ। चितवन जिल्लाको इन्चार्ज भएर काम गरेकाले उनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि राम्रो सम्बन्ध रहेको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

हाल बागमती प्रदेश प्रहरी प्रमुखको रुपमा रहेका थापाले यसअघि प्रबन्ध महाशाखाको डीआईजी भएर काम गरेका थिए। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेर पनि उनले काम गरेका थिए। अन्य चार प्रतिस्पर्धी भन्दा ६ महिनापछि भर्ना भएकाले अहिले आईजी नभएको अवस्थामा पनि उनको आईजी हुने सम्भावना भने जिवितै रहन्छ।

चौथो स्थानमा बढुवा भएका ज्ञवाली पनि आईजीको बलियो प्रतिस्पर्धी हुन्। माओवादी केन्द्रका नेताहरुसँग ज्ञवालीको राम्रो सम्बन्ध रहेको बताइन्छ। पूर्वआईजी ठाकुर ज्ञवालीका सहदोर भाइ श्यामलाल आईजी भएको अवस्थामा दाजुभाई नै आईजी बनेर नेपाल प्रहरीमा पनि इतिहास बन्नेछ।

कोशी प्रदेश प्रहरी प्रमुखको रुपमा कार्यरत रहेका ज्ञवाली कमाण्ड कन्ट्रोलमा राम्रो मानिन्छन्। एसएसपी हुँदा जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौं प्रमुखको रुपमासमेत ज्ञवालीले काम गरेका थिए। डीआईजी भएपछि कोशी प्रदेश प्रहरी प्रमुख हुनुभन्दा अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालको प्रमुखको रुपमा ज्ञवालीले काम गरेका थिए।

एसपी हुँदा रुपन्देही जिल्लाको कमाण्ड गर्नुका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेरसमेत काम गरेको अनुभव ज्ञवालीसँग छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पाँचौ नम्बरमा बढुवा सिफारिस भएकी बज्राचार्य पनि नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आईजीको प्रतिस्पर्धा गर्ने महिला प्रहरी बनेकी छिन्। यसअघि पार्वती थापा पनि आईजी बन्ने लाइनमा रहे पनि डीआईजीबाट एआईजी बढुवा गर्दा नै बढुवामा छुटेपछि उनी आईजीको प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन्।

बज्राचार्य भने एआईजी बढुवा भएकाले प्रहरीको इतिहासमा पहिलो पटक आईजीमा प्रतिस्पर्धा गर्ने महिला प्रहरी बनेकी हुन्। यदि उनी आईजी बनेको अवस्थामा नेपाल प्रहरीको इतिहासमा पहिलो महिला आईजी हुनेछिन्।

एसएसपी हुँदा जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरेकी बज्राचार्यले डीआईजी हुँदा बागमति प्रदेश प्रमुख तथा प्रबन्ध महाशाखाको जिम्मेवारी सम्हालेकी छिन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी, जिल्ला प्रहरी परिसर भक्तपुर लगायत ठाउँमा बसेर काम गरेको अनुभव बज्राचार्यको छ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्