काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनका अनुसार बैठकमा आइतबार संसद्मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भएको बताए।
उनले भने, ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा छलफल भयो। भोलि संसद्मा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकका बारेमा छलफल भयो।’
उपसभापति खड्काले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने बारेमा पनि छलफल भएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।