काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन्।
नेपाललाई विश्वकप छनोटमा पुर्याउने खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै प्रचण्डले शुक्रबार उक्त निर्देशन दिएका हुन्।
यसैगरी प्रधानमन्त्री प्रचण्डले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गरिने घोषणा समेत गरेका छन्।
प्रधानमन्त्रीले नेपाललाई विश्वकप छनोटमा पुर्याउने खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ राशीको पुरस्कार समेत घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।