मुम्बई- भारतीय अभिनेता सुशील बोंथियालले बलिउडमा नोकरको भूमिकाका लागि समेत सुन्दर हुनुपर्ने धारणा रहेको बताएका छन्। आफूले विभिन्न फिल्म तथा टिभी शोमा अडिसन दिने क्रममा उक्त अनुभव गरेको बताए।
अक्षय कुमारसँग ‘सेल्फी’मा इन्सपेक्टरको भूमिका गरेर चर्चा कमाएका बोंथियालले भने, ‘नोकरको रोलका लागि पनि सुन्दर हुनुपर्ने भएपछि मलाई असहज महसुस हुन थालेको थियो।’
आफूले लगभग ३ हजार रोलका लागि अडिसन दिएको उनले बताएका छन्। अडिसन दिए पनि काम नपाएपछि आफ्नै अनुहारदेखि विरक्तिएको उनको खुलासा छ।
आफ्नो नाक अस्विभाविक रहेको महसुस हुन थालेपछि प्लास्टिक सर्जरीको योजना बनाएको उनले बताए।
एक समय अभिनय नै छाडेर आफू बाहिरिएको समेत उनले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। ‘सेल्फी’मा उनको भूमिकाको प्रशंसा भएपछि उनलाई अहिले एकपछि अर्को अफर आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।