काठमाडौं- आईसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि गुलशन झाले पनि अर्धशतक पूरा गरेका छन्। उनले दुई चौका र दुई छक्काका मद्दतले ४७ बलमा ५० रन पूरा गरेका हुन्।
यसअघि आरिफ शेखले अर्धशतक पूरा गरेर बाहिरिएका छन्। शेखले ६२ बलमा ५२ रन बनाएका थिए।
अहिले उनले दीपेन्द्र सिंह ऐरीसँग राम्रो साझेदारी गरिरहेका छन्। यसअघि भीम सार्की ७६ बलमा ९ चौकाको सहायताले ६७ रन बनाएर पेभेलियन फर्किएका थिए।
यसैगरी, कुशले भूर्तेलले ३२ रनमा ५० रन बनाएर महत्त्वपूर्ण योगदान गरेका थिए।
नेपालले ४३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर २६८ रन बनाएर यूएईविरुद्ध ३११ रनको लक्ष्य पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।