काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर एकल बिन्दुमा झार्न राष्ट्र बैंकलाई आफूले निर्देशन दिएको बताएका छन्।
निर्माण ब्यवसायीहरुले आयोजना गरेको एक कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमा सीमित राख्न सकिन्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरुसँग छलफल गरी आवश्यक निर्देशन समेत दिइसकेको छु,’ प्रचण्डले भने,‘मुद्रा स्फिती नियन्त्रणभित्रै छ। नेपाल बैंर्कैस संघले पनि हाललाई ब्याज नबढाउने भने पछि व्यवसायीहरुलाई विस्तारै सहजको वातावरण बन्दै गएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।