काठमाडौं– प्रतियोगिताका क्रममा नोकझोँक भए पनि आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक एकदिवसीय शृंखलाका नेपाल आएका यूएईका ब्याटर रोहन मुस्तफालाई सन्दीप लामिछानेले स्वागत गरेका छन्।
यूएईमा भएको त्रिकोणात्मक खेल सकिएसँगै नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। साथै यो सिरिजको अन्तिम त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि यूएईको टोली पनि मंगलबार नै नेपाल आइपुगेको छ।
स्वदेश फर्किएसँगै नेपालका स्पिनर सन्दीप लामिछानेले मुस्तफाको तस्बिरसहित सामाजिक सञ्जालमा खेलका क्रममा प्रतिस्पर्धी भए पनि बाहिर भने साथी जस्तै भएको लेखेका छन्।
उनले मुस्तफालाई नेपालमा स्वागत गर्दै लेखेका छन्, ‘मैदानमा मात्र प्रतिस्पर्धी, बाहिर साथी।’ यूएईसँगको खेलमा लामिछाने र रोहनबीच भनाभन भएको थियो।
सन्दीप र रोहन मुस्तफाबीच मैदानमै केहि भनाभन भएको छ। सन्दीपले ३५ औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको जोडले अपिल गरेका थिए। चौथो बलमा भने मुस्तफाले सन्दीप नजिक आक्रोश ब्यक्त गर्दै केहि आक्रोश पोखेका थिए।
सन्दीप र मुस्तफाबीच केहि समय भनाभन भएको थियो। दुवै खेलाडी निकै आक्रोशमा देखिएका थिए। एक अर्काले रिस पोखेका थिए। दुवै खेलाडीले टाउँको नै जुधाउँदै केही भनाभन गरेका थिए। केही भनेपछि मुस्तफा पुन फर्किएका थिए। मुस्तफाले हात देखाउँदै सन्दीपको नजिक आएर आफ्नो आक्रोश पोखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।