काठमाडौं– कृषिक्षेत्रको समस्या समाधानबारे छलफल भइरहेको सञ्चार तथा सूचनामन्त्री अर्थात सरकारकी प्रवक्ता रेखा शर्माले बताएकी छिन्।
मन्त्रिपरिषद्को निर्णय सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा शर्माले उत्पादक र उपभोक्ताबीच समस्या समाधान गर्न कृषिजन्य वस्तु उत्पादक र उपभोक्ताबीच समस्या समाधान गर्ने छलफल भइरहेकोे उनले बताइन्।
‘चितवनको र झापाको घटनालाई लिएर कृषिजन्य वस्तु उत्पादनमा जोड दिने भनिरहेका छौं। तर उत्पादित चिजहरुलाई ठीक ढङ्गले यसको बजार भाउ कायम नहुने समर्थन मूल्य नतोकिने गर्दा समस्या भइरहेको छ,’ उनले भनिन्।
उत्पादक र उपभोक्ताको बीचमा जुन ग्याप छ त्यो ग्याप हटाउने र उपभोक्ता र तरकारी बजारहरुलाई व्यवस्थित गर्नुपर्छ भनेर छलफल भएको बताएकी छिन्।
‘उपभोक्ता र उत्पादकको सम्बन्ध ठीक ढङ्गले लैजाने र उत्पादकले फाल्नुपर्ने र उपभोक्ताले महँगो तिर्नुपर्ने जुन समस्याको समाधान गर्नका लागि बीचमा जुन होलसेलर छन् उनीहरुको लाइसेन्स हुनुपर्छ भन्नेबारे छलफल भइरहेको छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।