काठमाडौं– कलाकार पदम प्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन भएको छ।
उनको बुढानीलकण्ठ चपलीस्थित घरमा दिउँसो साढे तीन बजे निधन भएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए। पौडेल दमको रोगबाट पीडित थिए।
उनको अत्यषेष्टि पशुपति आर्यघाटमा साढे ५ बज् गरिने अध्यक्ष खड्काले जानकारी दिए।
पौडेलले चलचित्र रिसानी माफ, उपद्रो, नालापानी, आधा बाटो लगायत ६८ वटा चलचित्रमा अभिनय गरिसकेका छन् भने ५३ लघु चलचित्र, ११ वटा म्यूजिक भिडियो, ६ वटा विज्ञापनमा समेत अभिनय गरेका छन्।
पछिल्लो समय उनी फिल्म ‘ऐना झ्यालको पुतली’मा देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।