काठमाडौं– भारतलाई हराउँदै नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
ढाकामा मंगलबार सम्पन्न खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
नेपालको जितमा अन्जली चन्द, प्रिति राई र अमिषा कार्कीले एक–एक गोल गरे।
भारतकी अपूर्ण नार्जारीले सान्त्वना गोल फर्काइन्।
यो जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ।
पराजित हुनका बाबजुद भारत ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। उसको फाइनल पुग्ने सम्भावना कायमै छ।
यद्यपि,, भारतले भुटान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा छ भने भुटान अंकविहीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।