काठमाडौं– ऋषभ शेट्टी निर्देशित कन्नड फिल्म ‘कान्तारा’ ले विश्वभर सफलताको लहर चलाएको छ।
फिल्ममा निर्देशनसँगै ऋषभ शेट्टीले पनि अभिनय गरेका छन्। होम्बल फिल्मको ब्यानरमा बनेको ‘कान्तारा’ले विश्वभर ४ सय ५० करोड कमाएको थियो।
कन्नड भाषामा बनेको यो फिल्मको सफलतापछि निर्माताले यसलाई हिन्दीमा पनि रिलिज गरेका छन्। सफलतालाई मध्यनजर गर्दै निर्माण पक्षले हालै चलचित्रको प्रिक्वेल घोषणा गरेको हो।
सेप्टेम्बर ३० मा सिनेमाघरमा रिलिज भएको ‘पोन्नियिन सेल्भान’ सँगसँगै ‘कान्तारा’ले बक्स अफिसमा मणिरत्नमको फिल्मलाई कडा टक्कर दिएको थियो।
फिल्मका अभिनेता तथा निर्देशक ऋषभ शेट्टीले फिल्मको सय दिनको सफलतापछि सिक्वेलको घोषणा गर्दै भनेका छन्, ‘कान्तारालाई अथाह माया-समर्थन दिनुहुने दर्शकहरूप्रति हामी धेरै खुसी र आभारी छौं। यो विशेष अवसरमा म कान्ताराको प्रिक्वेल घोषणा गर्दैछु। तपाईले देख्नु भएको कुरा वास्तवमा भाग २ हो, भाग १ अर्को वर्ष आउनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।