काठमाडौं– वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ। ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २० गतेबाट उक्त तीन दिने प्रदर्शनी सुरु भएको थियो।
प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ्ग च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो।
उक्त प्रर्दशनीमा ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजन, नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य लगायत प्राध्यापक, इन्जिनियर र विद्यार्थीको उल्लेख्य सहभागिता थियो। प्रदर्शनी समापन अवसरमा प्रतियोगिताका विजेता र उपविजेतालाई वृज सिमेन्टका सियिर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले ट्रफी प्रदान गरेका थिए।
सिभिल इन्जिनियर विधार्थी समाज नेपालद्वारा आयोजित राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगितामा विगत ९ वर्ष देखि वृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।