काठमाडौं– टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्भे यूएसजीएसका अनुसार ७.८ रेक्टरस्केलको पहिलो भूकम्प सिरियाली सीमा नजिक गाजिएनटेप नजिक महशुस गरिएको थियो।
समाचार एजेन्सी एएफपीका अनुसार पहिलो भूकम्प सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको थियो। त्यसको ४५ मिनेटपछि दोस्रो पराकम्प गयो। जसलाई केन्द्रीय टर्कीमा मसशुस गरिएको थियो।
टर्कीदेखि लेबनान, सीरिया, साइप्रसमा पनि भूकम्पको झट्का महशुस गरिएको बताइएको छ। पहिलो भूकम्पको केद्रबिन्दु टर्कीबाट २६ किलोमिटर टाढा पूर्वमा रहेको नूरदा सहरमा रहेको बताइएको छ।
रोयटर्सका अनुसार जर्मन रिसर्च सेन्टर अफ जियोसाइन्सेजले यसलाई ७.४ रेक्टर स्केलेको रहेको बताएका छन्। भूकम्पको केन्द्र जमिनदेखि १० किलोमिटर तल रहेको बताइएको छ।
भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएको र धेरै मानिसहरु फसेको हुनसक्ने अन्तर्राष्ट्रिय मिडियाहरूले जानकारी दिएका छन्। थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।