काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभइ आफू कुनै पदमा नजाने बताएका छन्।
आफूले प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार मन्त्रालयमा सहमति जनाएको भन्दै मिडियामा आएका समाचार सत्य नभएको भन्दै उनले आफू त्यसरी कुनै पदमा नजाने बताए।
लामिछानेको सांसद पद कायम नरहेपछि उनी निर्वाचित भएको चितवन- २ रिक्त छ।
लामिछाने नेतृत्वको पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय लिएको छ। सरकारलाई दिएको समर्थन भने कायमै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।