काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निष्कर्ष निकालेको छ।
आइतबार बिहान बसेको पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा पार्टीको तर्फबाट उम्मेदवार नदिएर माओवादी उम्मेदवारलाई सघाउने निष्कर्ष निकालिएको कांग्रेस नेता रमेश लेखकले जनाएका छन्।
लेखकका अनुसार कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई सघाउने निर्णय गरेको छ।
यसअघि कांग्रेस सभापति देउवाले राष्ट्रियसभा उपाध्यक्षबारे नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपा अध्यक्ष महन्थ ठाकुर संग शनिवार छलफल गरेका थिए।
त्यसअछि आइतबार बिहान आफ्नो निवासमा पार्टीका केही शीर्ष नेताहरूसँग छलफल गर्दै कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेका हुन्।
राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी मनोनयन आज हुँदैछ भने निर्वाचन सोमबार तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।