काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको बालकुमारीमा केही बेरअघि बैठक सुरु भएको हो।
केन्द्रीय कमिटी बैठक आइतबारसम्म जारी रहने एकीकृत समाजवादीले जनाएको छ। बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महासचिव डा वेदुराम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।
दुवै नेताले प्रस्तुत गरेका प्रतिवेदनमाथि बैठकमा नेताहरुले छलफल गर्नेछन्। साथै पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीले अब निर्वाह गर्नुपर्ने भूमिकाका बार्मा पनि छलफल हुने र आगामी रणनीति तयार पारिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।