काठमाडौं– भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान घटाएको छ। भारत सरकारले आर्थिक वर्ष २०२३–२४ का लागि बुधबार सार्वजनिक गरेको बजेटमा नेपाललाई जम्मा भारु ५ अर्ब ५० करोड (८ अर्ब ८० करोड रुपैयाँ) अनुदान दिने उल्लेख छ।
गत वर्ष भारु ७ करोड ५० अर्थात् नेपाली १२ अर्ब बराबरको अनुदान नेपालका छुट्याएको थियो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले बुधबार बजेट सार्वजनिक गरेकी हुन्।
छिमेकी देश भारतबाट अनुदान प्राप्त गर्ने देशहरुमा भुटान सबैभन्दा माथि छ। भुटानलाई भारु २४ अर्ब अनुदान भारतले छुट्याएको छ। यसैगरी बंगलादेश र अफगानस्थानलाई २ अर्ब, श्रीलंकालाई १ अर्ब र माल्दिभ्सलाई ४ अर्ब भारु बजेट छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।