काठमाडौं- कर्णाली प्रदेशमा एक राज्यमन्त्री नियुक्त भएकी छिन्। माओवादी केन्द्रकी सांसद उर्मिला विश्वकर्मालाई भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत राज्यमन्त्री नियुक्त गरिएको हो।
विश्वकर्माले बुधबार नै प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा मुख्यमन्त्री राजकुमार शर्माबाट सपथ लिएकी हुन्।
यसअघि बुधबार नै चार मन्त्री नियुक्त गरिएको थियो। जसमा महिला तथा दलित समेटिएका थिएनन्। राज्यमन्त्री नियुक्त गरिएको विवरण पनि सार्वजनिक भएको थिएन। तर, विश्वकर्माको नियुक्ति र सपथ बारे प्रदेश प्रमुख कार्यालयले छुट्टै विज्ञप्ति निकालेर सार्वजनिक गरेको हो।
योसँगै कर्णाली प्रदेश मन्त्रिपरिषद् आठ सदस्यीय पुगेको छ। मन्त्रालय भने सात नै कायम गर्ने एमाले र माओवादी केन्द्रले सहमति गरिसकेका छन्। सोहीअनुसार, बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको थियो।

 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।