काठमाडौं– काठमाडौं प्रहरी परिसरले खुला भाँडोमा पेट्रोल बिक्री नगर्न पेट्रोल पम्पहरुलाई निर्देशन दिएको छ।
पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडोमा अतिप्रज्वलनशील पेट्रोलिय पदार्थ बिक्री गरेको पाइएकाले परिसरको गम्भिर ध्यानकर्षण भएको भन्दै परिसरले तत्काल त्यसी बिक्री वितरण गर्ने कार्य बन्द गर्न निर्देशन दिएको हो।
एक सूचना जारी गर्दै परिसरले त्यसरी बिक्री भएको पेट्रोलियम पदार्थबाट मानवीय एवं भौतिक क्षति हुने भएकाले सुरक्षा संवेदनशीलताका लागि सवारी साधनमा भर्नेबाहेक खुला भाँडोमा बिक्री नगर्न निर्देशन दिएको हो।
मंगलबार दिउँसो बानेश्वरमा रहेको संसद् भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचारका क्रममा बुधबार बिहान निधन भएको छ। उक्त घटनापछि प्रहरीले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।