मुम्बई– मायोसाइटिस नामक रोगसँग जुधिरहेकी दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले बलिउड फिल्मबाट ब्रेक लिएकी छिन्। मांसपेशीहरूमा असर गर्ने यो रोगले विशेषगरी घाँटी, काँध, पछाडि, कम्मर र तिघ्रामा दुःखाइ हुने समस्या सिर्जना गर्छ।।
लाइमलाइटबाट टाढा रहेकी सामन्थाले बलिउडका केही चलचित्रमा काम गर्ने पक्का भएको थियो। तर उनी सबै चलचित्रबाट तत्काललाई पछि हटेको बताइएको छ।
आफ्नो स्वास्थ्यका लागि ‘ब्रेक’ लिएको उनले बताएकी छिन्। तेलगु ३६० काअनुसार उनले चलचित्र निर्मातालाई अन्य विकल्प खोज्न सुझाएकी छिन्। लामोसमय ब्रेक लिएरमात्रै अन्य चलचित्र गर्ने उनको चाहना छ।
खराब स्वास्थ्यका कारण सामन्था आफ्नो पछिल्लो चलचित्र ’सामन्था’को प्रचारमा समेत देखिएकी छैनन्। विजय देवरकोन्डासँगको चलचित्र ‘कुशी’को सुटिङ भने जारी छ। उक्तचलचित्र सकिएपछि लामोसमय ब्रेक लिने उनको भनाइ छ। फिल्म ’कुशी’ रोमान्टिक ड्रामा हो। शिवा निरवानाले निर्देशन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।