• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

करोडौँको आयोजना अलपत्र पर्ने चिन्ता

64x64
रासस शनिबार, पुस २, २०७९  ०७:२६
1140x725

टीकापुर– कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ। 

टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम भइरहे पनि मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको नौ महिना भइसकेको छ।

नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण भए पनि त्यसलाई चाहिने मानव मलमूत्रको अभावले सञ्चालनमा समस्या भएको आयोजनाका परामर्श इन्जिनियर अरुण रोस्यारा बताउँछन्। उनका अनुसार नेपालकै ठूलो मात्रै नभई नमुनाका रुपमा मलमूत्र व्यवस्थापन केन्द्र स्थापना भएको छ। 

‘मेसिन पूरा चलाउनुपर्दा दैनिक नौ हजार लिटर मलमूत्र आवश्यक पर्छ। अहिले महिनामा पनि त्यति संकलन भइरहेको छैन’, इन्जिनियर रोस्याराले भने, ‘संरचना ठूलो भयो। चाहिने वस्तुको अभावका कारण सञ्चालनमा समस्या आएको हो।’

एउटा शौचालय भरिन एक दशक लाग्छ। नगरपालिकाभित्रको जनसङ्ख्याको आधारलाई हेर्दा केन्द्रलाई चाहिने मलमूत्र व्यवस्थापन हुनसक्ने अवस्था नभएको बताउँदै इन्जिनियर रोस्याराले मलमूत्रमा पनि ठोस वस्तुको मात्रा कम र तरल पदार्थको मात्रा बढी हुँदा त्यहाँबाट उत्पादन हुने मल उत्पादनसमेत हुन नसकेको बताए। 

टीकापुर नगरपालिकाले अन्य छिमेकी पालिकासँग पनि मलमूत्र संकलनका लागि समन्वय गर्नुपर्ने निर्माण कम्पनीका इन्जिनियर उदय पोख्रेल बताउँछन्। ‘एउटै नगरपालिकाबाट संकलन भएको मानव मलमूत्रले यसलाई क्षमताअनुसार सञ्चालन गर्न सकिँदैन। त्यसका लागि छिमेकी पालिका र निजी कम्पनीसँग पनि समन्वय गर्नुपर्छ’, इन्जिनियर पोख्रेलले भने, ‘हामीलाई पूरा मेसिन चलाउन दैनिक नौ घनमिटर मलमूत्रको आवश्यकता पर्छ, जुन एउटै पालिकाबाट सम्भव छैन।’

उनले  शौचालय ट्याङ्की निर्माण गर्दा पनि नगरपालिकाले घरको नक्सा पास गर्दा ध्यान पुर्‍याउन सकेपछि मात्रै केन्द्रलाई दीर्घकालसम्म लैजान सकिने बताए। मानव मलमूत्रबाट प्रविधिको प्रयोग गरेर कम्पोस्ट मल उत्पादन गर्ने लक्ष्य लिइएको छ। लेदोबाट मल र पानीलाई फिल्टर गरेर जमरा कुलोमा मिलाइएको छ।

केन्द्रमा पुगेको मलमूत्र फिल्टर हुन भने करिब एक महिना लाग्छ। नियमितरुपमा केन्द्रमा रहेका मेसिन सञ्चालन भए त्यस्ले फिल्टर पानी बाहिर फाल्न करिब एक महिना लाग्ने इन्जिनियर पोख्रेल बताउँछन्। ‘काम छैन, कर्मचारी राखेका छौं, त्यतिकै तलब दिनुपरेको छ’, इन्जिनियर पोख्रेलले भने, ‘काम भएको भए, उत्पादन हुन्थ्यो। त्यसबाट उत्पादन भएको कम्पोस्ट मल बिक्री गरेर आम्दानी पनि गर्न सकिन्थ्यो।’

Ncell 2
Ncell 2

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले निर्माण कम्पनीसँग केही दिन अगाडि मात्रै छलफल भएको जानकारी दिँदै मानव मलमूत्र व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनका लागि नगरपालिकाले अन्य छिमेकी स्थानीय तहसँग समन्वय गरिने बताए। 

‘हामीसँग निर्माण कम्पनीले समन्वय पनि गरेको थिएन । त्यसमा पनि दुई वर्ष उसैले केन्द्रको सञ्चालन तथा रेखदेख गर्नुपर्ने भएकाले हामीले पनि चासो दिएका थिएनौं’, नगर प्रमुख थारु भन्छन्, ‘त्यसलाई नियमित सञ्चालनको लागि चाहिने वस्तुको आयातलाई सहज बनाउनको लागि छिमेकी स्थानीय तहलाई पत्राचार गर्ने तयारी गरेका छौं।’

निर्माणको जिम्मा पाएको तुन्दी कन्स्ट्रक्सनले काम सम्पन्न गरेर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गरे पनि दुईवर्ष आफ्नै निगरानीमा सञ्चालन गर्नुपर्ने गरी सम्झौता भएको छ। कम्पनीले नौ महिना कटाइसकेको छ भने नगरपालिकाको प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिमसमेत दिएको छ।

पन्ध्र महिनापछि नगरपालिकाले आफ्नै जनशक्तिबाट उक्त केन्द्रको सञ्चालन गर्नुपर्ने छ। ‘जनशक्ति हामीले तयार पारिसकेका छौं। त्यसलाई नाफामूलक कसरी बनाउने भन्ने रणनीतिमा नगरपालिका छ’, नगर प्रमुख थारु भन्छन्, ‘कम्तीमा केन्द्रले उत्पादन गरेको कम्पोस्ट मल बिक्रीबाट त्यहाँको जनशक्ति र आवश्यक खर्च व्यवस्थापन हुनुपर्छ।’

सो केन्द्र निर्माणका लागि करिब साढे सात करोड खर्च भएको छ। केन्द्रसँगै निर्माण कम्पनीले २९ दशमलव पाँच किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापनका लागिसमेत काम गर्दै आएको छ।

हालसम्म ढल निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका इन्जिनियर पोख्रेलले बताए। ढल निकासले सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत् व्यवस्थापन हुने छ। 

ढल निर्माण र मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माणका लागी ६० करोड ६९ लाख तीन हजार रुपैयाको सम्झौता भएको छ। कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ। बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत मंगलबार, पुस ८, २०८२
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, पुस ८, २०८२
सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन मंगलबार, पुस ८, २०८२
राष्ट्रपति, प्रधानमन्त्री र तीन शीर्ष नेताबिचको बैठक सुरु मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
राजनीतिक संवाद समितिले भोलि ३ दलका कार्यालयमै पुगेर छलफल गर्ने सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्