• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

करोडौँको आयोजना अलपत्र पर्ने चिन्ता

64x64
रासस शनिबार, पुस २, २०७९  ०७:२६
1140x725

टीकापुर– कैलालीको टीकापुरमा बर्सातको आकासे पानीबाट हुने डुबान न्यूनीकरणका लागि यतिबेला नाली निर्माणको काम हुँदै आएको छ। 

टीकापुर सतही ढल तथा मानव मलमूत्र व्यवस्थापन आयोजनाअन्तर्गत ढल निकासका लागि नालीको काम भइरहे पनि मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण सम्पन्न भएर टीकापुर नगरपालिकालाई हस्तान्तरण भएको नौ महिना भइसकेको छ।

नेपालकै सबैभन्दा ठूलो क्षमताको मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माण भए पनि त्यसलाई चाहिने मानव मलमूत्रको अभावले सञ्चालनमा समस्या भएको आयोजनाका परामर्श इन्जिनियर अरुण रोस्यारा बताउँछन्। उनका अनुसार नेपालकै ठूलो मात्रै नभई नमुनाका रुपमा मलमूत्र व्यवस्थापन केन्द्र स्थापना भएको छ। 

‘मेसिन पूरा चलाउनुपर्दा दैनिक नौ हजार लिटर मलमूत्र आवश्यक पर्छ। अहिले महिनामा पनि त्यति संकलन भइरहेको छैन’, इन्जिनियर रोस्याराले भने, ‘संरचना ठूलो भयो। चाहिने वस्तुको अभावका कारण सञ्चालनमा समस्या आएको हो।’

एउटा शौचालय भरिन एक दशक लाग्छ। नगरपालिकाभित्रको जनसङ्ख्याको आधारलाई हेर्दा केन्द्रलाई चाहिने मलमूत्र व्यवस्थापन हुनसक्ने अवस्था नभएको बताउँदै इन्जिनियर रोस्याराले मलमूत्रमा पनि ठोस वस्तुको मात्रा कम र तरल पदार्थको मात्रा बढी हुँदा त्यहाँबाट उत्पादन हुने मल उत्पादनसमेत हुन नसकेको बताए। 

टीकापुर नगरपालिकाले अन्य छिमेकी पालिकासँग पनि मलमूत्र संकलनका लागि समन्वय गर्नुपर्ने निर्माण कम्पनीका इन्जिनियर उदय पोख्रेल बताउँछन्। ‘एउटै नगरपालिकाबाट संकलन भएको मानव मलमूत्रले यसलाई क्षमताअनुसार सञ्चालन गर्न सकिँदैन। त्यसका लागि छिमेकी पालिका र निजी कम्पनीसँग पनि समन्वय गर्नुपर्छ’, इन्जिनियर पोख्रेलले भने, ‘हामीलाई पूरा मेसिन चलाउन दैनिक नौ घनमिटर मलमूत्रको आवश्यकता पर्छ, जुन एउटै पालिकाबाट सम्भव छैन।’

उनले  शौचालय ट्याङ्की निर्माण गर्दा पनि नगरपालिकाले घरको नक्सा पास गर्दा ध्यान पुर्‍याउन सकेपछि मात्रै केन्द्रलाई दीर्घकालसम्म लैजान सकिने बताए। मानव मलमूत्रबाट प्रविधिको प्रयोग गरेर कम्पोस्ट मल उत्पादन गर्ने लक्ष्य लिइएको छ। लेदोबाट मल र पानीलाई फिल्टर गरेर जमरा कुलोमा मिलाइएको छ।

केन्द्रमा पुगेको मलमूत्र फिल्टर हुन भने करिब एक महिना लाग्छ। नियमितरुपमा केन्द्रमा रहेका मेसिन सञ्चालन भए त्यस्ले फिल्टर पानी बाहिर फाल्न करिब एक महिना लाग्ने इन्जिनियर पोख्रेल बताउँछन्। ‘काम छैन, कर्मचारी राखेका छौं, त्यतिकै तलब दिनुपरेको छ’, इन्जिनियर पोख्रेलले भने, ‘काम भएको भए, उत्पादन हुन्थ्यो। त्यसबाट उत्पादन भएको कम्पोस्ट मल बिक्री गरेर आम्दानी पनि गर्न सकिन्थ्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले निर्माण कम्पनीसँग केही दिन अगाडि मात्रै छलफल भएको जानकारी दिँदै मानव मलमूत्र व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनका लागि नगरपालिकाले अन्य छिमेकी स्थानीय तहसँग समन्वय गरिने बताए। 

‘हामीसँग निर्माण कम्पनीले समन्वय पनि गरेको थिएन । त्यसमा पनि दुई वर्ष उसैले केन्द्रको सञ्चालन तथा रेखदेख गर्नुपर्ने भएकाले हामीले पनि चासो दिएका थिएनौं’, नगर प्रमुख थारु भन्छन्, ‘त्यसलाई नियमित सञ्चालनको लागि चाहिने वस्तुको आयातलाई सहज बनाउनको लागि छिमेकी स्थानीय तहलाई पत्राचार गर्ने तयारी गरेका छौं।’

निर्माणको जिम्मा पाएको तुन्दी कन्स्ट्रक्सनले काम सम्पन्न गरेर नगरपालिकालाई स्वामित्व हस्तान्तरण गरे पनि दुईवर्ष आफ्नै निगरानीमा सञ्चालन गर्नुपर्ने गरी सम्झौता भएको छ। कम्पनीले नौ महिना कटाइसकेको छ भने नगरपालिकाको प्राविधिकलाई मेसिन सञ्चालनका लागि तालिमसमेत दिएको छ।

पन्ध्र महिनापछि नगरपालिकाले आफ्नै जनशक्तिबाट उक्त केन्द्रको सञ्चालन गर्नुपर्ने छ। ‘जनशक्ति हामीले तयार पारिसकेका छौं। त्यसलाई नाफामूलक कसरी बनाउने भन्ने रणनीतिमा नगरपालिका छ’, नगर प्रमुख थारु भन्छन्, ‘कम्तीमा केन्द्रले उत्पादन गरेको कम्पोस्ट मल बिक्रीबाट त्यहाँको जनशक्ति र आवश्यक खर्च व्यवस्थापन हुनुपर्छ।’

सो केन्द्र निर्माणका लागि करिब साढे सात करोड खर्च भएको छ। केन्द्रसँगै निर्माण कम्पनीले २९ दशमलव पाँच किलोमिटर लम्बाइको ढल निकासको पानी जमरा कुलोमा व्यवस्थापनका लागिसमेत काम गर्दै आएको छ।

हालसम्म ढल निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका इन्जिनियर पोख्रेलले बताए। ढल निकासले सडकमा आएको पानी सडकमा जम्मा नभई नालीमार्फत् व्यवस्थापन हुने छ। 

ढल निर्माण र मानव मलमूत्र व्यवस्थापन केन्द्र निर्माणका लागी ६० करोड ६९ लाख तीन हजार रुपैयाको सम्झौता भएको छ। कूल लागतको ८५ प्रतिशत रकम एडिबीले सहयोग गरेको छ। बाँकी १५ प्रतिशत नगरपालिकाले लगानी गरेको छ।

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ :ओली आइतबार, असोज ४, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्