काठमाडौं– खानी विभाग हुँदै खानी विभाग हुँदै लैनचौर सडक खण्डमा चल्ने सवारी साधनका लागि बुधबार वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ।
उक्त सडक खण्डमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत भइरहेकाले उक्त खण्डको वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको हो।
एक सूचना जारी गर्दै उक्त स्थान हुँदै चल्ने सवारी साधन एक लेनमा आलोपालो सञ्चालन गराइएकाले अन्य मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।