काठमाडौं– कतारमा जारी २२औं विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार)बाट क्वाटरफाइनलका खेलहरु हुँदैछन्। शुक्रबार क्वारफाइनलको दुई खेल हुनेछन् भने शनिबार पनि दुई खेल हुनेछन्।
शुक्रबार राति ८:४५ बजे क्वारफाइनलको पहिलो खेल हुँदैछ। जसमा ५ पटकको विश्वकप विजेता ब्राजिल र रसिया विश्वकपको उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। यी दुईको खेल दोहास्थित एजुकेशन सिटी रंगशालमा हुनेछ।
उपाधि दाबेदार मानिएको ब्राजिल स्टार खेलाडीले भरिएको छ। प्रिक्वाटरफाइनलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराउँदै ब्राजिल क्वाटरफाइनल प्रवेश गरेको हो। क्रोएसिया एसियन टिम जापानलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइलन प्रवेश गरेको हो।
आजैको दोस्रो खेल राति १२:४५ बजे नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुँदैछ। लुसेल आइकोनिक रंगशालमा यी दुई देशको खेल हुनेछ। लियोनल मेसीको देश अर्जेन्टिना र अर्का प्रतिभाशाली खेलाडीहरुले भरिएको नेदरल्याण्ड्सबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ।
प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको हो भने नेदरल्याण्ड्सले अमेरिकालाई ३–१ ले हराएर अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।