• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसीलाई चक्रब्युहमा पार्ने नेदरल्याण्ड्सको योजना 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  ०९:४७
1140x725

काठमाडौं– कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार राती अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुदैछ। समूह ‘ए’ को विजेता नेदरल्याण्ड्स र समूह ‘सी’ को विजेता अर्जेन्टिना दोहाको लुसिल रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। 

यी दुई देशको विश्वकपमा पुरानो प्रतिस्पर्धा छ। सन् १९७८ मा अर्जेन्टिनाले पहिलो पल्ट विश्वकप जित्दा फाइनलमा नेदरल्याण्ड्सलाई नै पराजित गरेको थियो। ८ वर्षअघि ब्राजिलमा भएको सन् २०१४ को विश्वकपको सेमिफाइनलमा पनि पेनाल्टीमा नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको थियो। 

नकआउट चरणमा यी दुई देशबीच तेस्रो ठूलो भिडन्त हुदैछ। जसमा डच टोलीका प्रशिक्षक लुई फान खाल पुरानो पराजयको बदला लिन आतुर देखिन्छन्। आजको खेलमा दुवैतर्फ तीन जनाको खेल विशेष मानिएको छ। 

लिओनल मेसीविरूद्ध भर्जेल भान दायक
अर्जेन्टिनी कप्तान लिओनल मेसी अहिले पूर्ण लयमा देखिन्छन्। उनले जारी विश्वकपमा मेक्सिको र अस्ट्रेलियाविरूद्ध असाधारण गोल गर्दै आफू लयमा रहेको प्रमाणित गरिसकेका छन्। त्यसैले आजको खेलमा नेदरल्याण्ड्सले उनलाई चक्रब्यूमा पार्ने रणनीति अख्तियार गरेको छ। र, त्यसको जिम्मा लिभरपुलका डच सेन्टर हाफ भर्जेल भान दायकको काँधमा रहने छ। 

उनको जिम्मेवारीभित्र मेसीको पेसलाई रोक्नु मात्र हुने छैन, छलाउने कला र गोलका लागि सिर्जना गर्ने पासलाई बीचैमा अवरोध गर्ने काम पनि हुनेछ। 

दायक नेदरल्याण्ड्सका प्रभावशाली डिफेन्डर हुन्। उनले पनि जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका छन्। मेसीलाई डिबक्सभित्र गतिविधि गर्न नदिने रणनीति उनको हुनेछ। उनको नेतृत्वमा डच टोलीले ४ खेलमा २ गोल मात्र खाएको छ। डायकले डिबक्सभित्र २२ वटा सम्भावित खतरा टारेका थिए। 

मेसीले जारी विश्वकपमा ३ गोल गरिसकेका छन्। उनले ४ खेलमा गोलका लागि ११ वटा मौका निकालेका थिए। त्यसैले आजको खेलमा डच गोल पोस्टमा यी दुईबीचको भिडन्त रोचक हुनेछ। 

कोडी गाक्पोविरूद्ध क्रिस्टियन रोमेरो
मेसी र भान दायकको लडाई जस्तै आजको खेलमा डच टोलीका अग्रपंक्तिका खेलाडी कोडी गाक्पो र अर्जेन्टिनी डिफेन्डर रोमेरोबीचको भिडन्त पनि उत्तिकै रोचक हुनेछ। रोमेरोलाई अर्जेन्टिनी टिमको भविस्य भनेर हेरिएको छ।

Ncell 2
Ncell 2

तर, चोटका कारण उनी आजको खेलमा उत्रिने सम्भावना रहस्यमय छ। साउदी अरेबियाविरूद्ध २–१ ले पराजित खेलमा उनले त्यति राम्रो खेल्न सकेका थिएनन्। उनलाई मेक्सिकोविरूद्धको खेलमा पदस्थापन गर्दै लिसान्द्रो मार्टिनेजलाई प्रवेश गराइएको थियो। तर, पोल्याण्ड र अस्ट्रेलियाविरूद्ध उनले उत्कृष्ट पुनरागमन गरेका थिए। 

अहिले डच फरवार्ड गाक्पाको विषयमा चर्चा चुलिएको छ। अग्रपंक्तिमा उनको फिनिसिङलाई लिएर ठूला क्लबहरूले आँखा लगाएका छन्। उनले ४ खेलमा ३ गोल पनि गरिसकेका छन्। उनी एरियल बल र थ्रु बल दुवैमा पोख्त देखिएका छन्। विपक्षी टोलीको पर्खाल भेदन गर्नसक्ने उत्कृष्ट कलाका कारण उनलाई मार्क गरिरहन गाह्रो पर्ने गर्छ। 

त्यसैले आज अर्जेन्टिनाले उनलाई रोक्ने भए रोमेरोको प्रदर्शन उच्च दर्जाको हुनु जरुरी छ। गाक्पोले जारी विश्वकपमा ३४० मिनेट खेल्दै गोलका लागि ५ अवसर प्रदान गरेका थिए। 

साउदीसँग खराब प्रदर्शन गरे पनि पछिल्लो दुई खेलमा राम्रो फर्ममा फर्किएका रोमेरोले १० वटा अवसर जोगाएका थिए। 

रोड्रिगो डि पलविरूद्ध फ्रान्की डि जोङ

di jong1670558760.jpg

नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको आजको भिडन्तलाई यी दुई खेलाडीका कारण ला–लिगाको भिडन्तको रूपमा पनि हेरिएको छ। एट्लेटिको मड्रिडबाट खेल्ने अर्जेन्टिनाका रोड्रिगो डि पल र नेदरल्याण्ड्सको टिममा रहेका बार्सिलोनाका डि जोङबीच क्लब फुटबलमै प्रतिस्पर्धा छ। त्यसैले आजको खेलमा यी दुईबीचको प्रतिस्पर्धा रोचक हुने सम्भावना प्रबल छ। 

दुवै जना आफ्नो देशको मिडफिल्डका प्रभावशाली खेलाडी हुन्। तर, दुवैको खेल्ने तरिका फरक छ। डि पल ठूलो क्षेत्र ओगटेर खेल्छन्। उनी डिफेन्स र मिड दुवैको बीचको पुलको काम गरिरहेका हुन्छ। उनी अगाडि बल सप्लाई गर्न जहाँ खप्पिस मानिन्छन्, विपक्षी टोलीको आक्रमणलाई रोक्न तल पनि झर्ने गर्छन। 

यसको उल्टो डि जोङ परम्परागत डिफेन्सिभ मिडफिल्डको अवधारणामा फिट बस्दैनन्। उनी सिर्जनशील प्लेमेकर हुन्। बललाई नियन्त्रणमा राख्ने र गोलका लागि अवसर मिलाउने उनको कला प्रभावकारी देखिन्छ। राम्रो फर्ममा रहेका गाक्पो र मेम्फेस डिपाइलाई ‘फाइनल थर्ड’ बाट बल निकाल्न उनी खप्पिस मानिन्छन्। त्यसैले यी दुई खेलाडीबीच मिडफिल्डमा घम्साघम्सी पर्ने निश्चित देखिन्छ। 

डि पलले जारी विश्वकपमा ४ वटा गोलका लागि मौका मिलाएका थिए। डि जोङले पनि यति नै संख्यामा गोलको मौका निकालेका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
सहायक सिडियो र कोष नियन्त्रक तोकिए निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मंगलबार, माघ १३, २०८२
सर्लाही पुगेर गगन थापाले भने- नेता होइन, बेटा बन्न आएको हुँ मंगलबार, माघ १३, २०८२
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग मंगलबार, माघ १३, २०८२
ओखलढुंगामा राई दम्पतीको हत्या मंगलबार, माघ १३, २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्