• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेसीलाई चक्रब्युहमा पार्ने नेदरल्याण्ड्सको योजना 

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २३, २०७९  ०९:४७
1140x725

काठमाडौं– कतारमा जारी विश्वकपअन्तर्गत शुक्रबार राती अर्जेन्टिना र नेदरल्याण्ड्सबीच दोस्रो क्वाटरफाइनल खेल हुदैछ। समूह ‘ए’ को विजेता नेदरल्याण्ड्स र समूह ‘सी’ को विजेता अर्जेन्टिना दोहाको लुसिल रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। 

यी दुई देशको विश्वकपमा पुरानो प्रतिस्पर्धा छ। सन् १९७८ मा अर्जेन्टिनाले पहिलो पल्ट विश्वकप जित्दा फाइनलमा नेदरल्याण्ड्सलाई नै पराजित गरेको थियो। ८ वर्षअघि ब्राजिलमा भएको सन् २०१४ को विश्वकपको सेमिफाइनलमा पनि पेनाल्टीमा नेदरल्याण्ड्सलाई पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेको थियो। 

नकआउट चरणमा यी दुई देशबीच तेस्रो ठूलो भिडन्त हुदैछ। जसमा डच टोलीका प्रशिक्षक लुई फान खाल पुरानो पराजयको बदला लिन आतुर देखिन्छन्। आजको खेलमा दुवैतर्फ तीन जनाको खेल विशेष मानिएको छ। 

लिओनल मेसीविरूद्ध भर्जेल भान दायक
अर्जेन्टिनी कप्तान लिओनल मेसी अहिले पूर्ण लयमा देखिन्छन्। उनले जारी विश्वकपमा मेक्सिको र अस्ट्रेलियाविरूद्ध असाधारण गोल गर्दै आफू लयमा रहेको प्रमाणित गरिसकेका छन्। त्यसैले आजको खेलमा नेदरल्याण्ड्सले उनलाई चक्रब्यूमा पार्ने रणनीति अख्तियार गरेको छ। र, त्यसको जिम्मा लिभरपुलका डच सेन्टर हाफ भर्जेल भान दायकको काँधमा रहने छ। 

उनको जिम्मेवारीभित्र मेसीको पेसलाई रोक्नु मात्र हुने छैन, छलाउने कला र गोलका लागि सिर्जना गर्ने पासलाई बीचैमा अवरोध गर्ने काम पनि हुनेछ। 

दायक नेदरल्याण्ड्सका प्रभावशाली डिफेन्डर हुन्। उनले पनि जारी विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका छन्। मेसीलाई डिबक्सभित्र गतिविधि गर्न नदिने रणनीति उनको हुनेछ। उनको नेतृत्वमा डच टोलीले ४ खेलमा २ गोल मात्र खाएको छ। डायकले डिबक्सभित्र २२ वटा सम्भावित खतरा टारेका थिए। 

मेसीले जारी विश्वकपमा ३ गोल गरिसकेका छन्। उनले ४ खेलमा गोलका लागि ११ वटा मौका निकालेका थिए। त्यसैले आजको खेलमा डच गोल पोस्टमा यी दुईबीचको भिडन्त रोचक हुनेछ। 

कोडी गाक्पोविरूद्ध क्रिस्टियन रोमेरो
मेसी र भान दायकको लडाई जस्तै आजको खेलमा डच टोलीका अग्रपंक्तिका खेलाडी कोडी गाक्पो र अर्जेन्टिनी डिफेन्डर रोमेरोबीचको भिडन्त पनि उत्तिकै रोचक हुनेछ। रोमेरोलाई अर्जेन्टिनी टिमको भविस्य भनेर हेरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, चोटका कारण उनी आजको खेलमा उत्रिने सम्भावना रहस्यमय छ। साउदी अरेबियाविरूद्ध २–१ ले पराजित खेलमा उनले त्यति राम्रो खेल्न सकेका थिएनन्। उनलाई मेक्सिकोविरूद्धको खेलमा पदस्थापन गर्दै लिसान्द्रो मार्टिनेजलाई प्रवेश गराइएको थियो। तर, पोल्याण्ड र अस्ट्रेलियाविरूद्ध उनले उत्कृष्ट पुनरागमन गरेका थिए। 

अहिले डच फरवार्ड गाक्पाको विषयमा चर्चा चुलिएको छ। अग्रपंक्तिमा उनको फिनिसिङलाई लिएर ठूला क्लबहरूले आँखा लगाएका छन्। उनले ४ खेलमा ३ गोल पनि गरिसकेका छन्। उनी एरियल बल र थ्रु बल दुवैमा पोख्त देखिएका छन्। विपक्षी टोलीको पर्खाल भेदन गर्नसक्ने उत्कृष्ट कलाका कारण उनलाई मार्क गरिरहन गाह्रो पर्ने गर्छ। 

त्यसैले आज अर्जेन्टिनाले उनलाई रोक्ने भए रोमेरोको प्रदर्शन उच्च दर्जाको हुनु जरुरी छ। गाक्पोले जारी विश्वकपमा ३४० मिनेट खेल्दै गोलका लागि ५ अवसर प्रदान गरेका थिए। 

साउदीसँग खराब प्रदर्शन गरे पनि पछिल्लो दुई खेलमा राम्रो फर्ममा फर्किएका रोमेरोले १० वटा अवसर जोगाएका थिए। 

Xtrem

Xtrem

रोड्रिगो डि पलविरूद्ध फ्रान्की डि जोङ

di jong1670558760.jpg

नेदरल्याण्ड्स र अर्जेन्टिनाबीचको आजको भिडन्तलाई यी दुई खेलाडीका कारण ला–लिगाको भिडन्तको रूपमा पनि हेरिएको छ। एट्लेटिको मड्रिडबाट खेल्ने अर्जेन्टिनाका रोड्रिगो डि पल र नेदरल्याण्ड्सको टिममा रहेका बार्सिलोनाका डि जोङबीच क्लब फुटबलमै प्रतिस्पर्धा छ। त्यसैले आजको खेलमा यी दुईबीचको प्रतिस्पर्धा रोचक हुने सम्भावना प्रबल छ। 

दुवै जना आफ्नो देशको मिडफिल्डका प्रभावशाली खेलाडी हुन्। तर, दुवैको खेल्ने तरिका फरक छ। डि पल ठूलो क्षेत्र ओगटेर खेल्छन्। उनी डिफेन्स र मिड दुवैको बीचको पुलको काम गरिरहेका हुन्छ। उनी अगाडि बल सप्लाई गर्न जहाँ खप्पिस मानिन्छन्, विपक्षी टोलीको आक्रमणलाई रोक्न तल पनि झर्ने गर्छन। 

यसको उल्टो डि जोङ परम्परागत डिफेन्सिभ मिडफिल्डको अवधारणामा फिट बस्दैनन्। उनी सिर्जनशील प्लेमेकर हुन्। बललाई नियन्त्रणमा राख्ने र गोलका लागि अवसर मिलाउने उनको कला प्रभावकारी देखिन्छ। राम्रो फर्ममा रहेका गाक्पो र मेम्फेस डिपाइलाई ‘फाइनल थर्ड’ बाट बल निकाल्न उनी खप्पिस मानिन्छन्। त्यसैले यी दुई खेलाडीबीच मिडफिल्डमा घम्साघम्सी पर्ने निश्चित देखिन्छ। 

डि पलले जारी विश्वकपमा ४ वटा गोलका लागि मौका मिलाएका थिए। डि जोङले पनि यति नै संख्यामा गोलको मौका निकालेका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्