काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण व्यवसायीहरुलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले बुधबार सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ।
स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे छन्।
यस्तै मुस्कान सप्लायर्सका जानकीटोल–४ पर्साका समसुल हक मियाँ धुनिया, मुक्तिनाथ रुपेश कन्स्ट्रक्सनन एण्ड सप्लायर्स हेटौडा–६ का रुपेश घिमिरे लगायतका ८ वटा कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सातदिने स्पष्टीकरण माग गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।