काठमाडौं– मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- १ बाट उम्मेदवार बनेका रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च साढे २४ लाख भएको बताएका छन्।
‘निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु,’ मंगलबार उनले फेसबुकमा स्टाटस लेखेका छन्।
निर्वाचन लड्न मिश्रले आर्थिक सहयोगका लागि सार्वजनिक अपील गरेका थिए। त्यसमार्फत आफूलाई लगभग ३३ लाख उपलब्ध भएको उनको भनाइ छ। ‘निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ ‘काठमाडौँ क्षेत्र नम्बर १ सरोकार कोष’ मा जानेछ,’ उनले भनेका छन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।