काठमाडौं– मनाङ (ख)बाट निर्वाचित स्वतन्त्र उम्मेदवार राजीव गुरुङ्ग (दीपक मनाङ्गे) नेकपा (एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। मनाङ्गेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन्।
मनाङ्गेले आफ्नो उद्देश्य मिल्ने भएर एकीकृत समाजवादीमा प्रवेश गरेको बताएका छन्। सोमबार पार्टी प्रवेशपछि उनले एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त धारणा राखेका हुन्।
‘मेरो उद्देश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रशेका राजनीतिक पार्टीहरूमध्ये एकीकृत समाजावादीको रहेको र त्यसमा रहेका नेता–कार्यकर्ताको स्वच्छ छवि, मुलुकका लागि केही गरौँ भन्ने धारणा र दृष्टिकोणबाट प्रभावित भएर उक्त पार्टीमा आबद्ध भई जनसेवामा सक्रिय रहने कुरा सबैमा हार्दिक अनुरोध गर्दछु,’ मनाङ्गेले विज्ञप्तिमार्फत भनेका छन्।
गण्डकी प्रदेश सभामा एकीकृत समजवादीले प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन। समानुपातिकमा भने उसले कम्तीमा एक सांसद पाउने छ। यो प्रदेशमा एकीकृत समाजवादीका २ जना सांसद हुनेछन्।
मनाङ्गे गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।