काठमाडौं– मेटलाइफ नेपालले आफ्नो २१औं वार्षिकोत्सवका अवसरमा ललितपुरमा बीमा वाकाथनको आयोजना गरेको छ।
शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका तीन सयभन्दा बढी कर्मचारी तथा अभिकर्ताको सहभागिता रहेको थियो।
सुरक्षित भविष्यको विकासका लागि समाजमा बीमा सचेतना फैलाउने उद्देश्यले उक्त वाकाथनको आयोजना गरिएको मेटलाइफले जानकारी दिएको छ।
मेटलाइफका सञ्चालन प्रमुख देव किशोर लालले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै भने, ‘देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमाबारे जानकारी प्रदान गर्न यो कार्यक्रम महत्वपूर्ण छ।’
५ डिसेम्बर २००१ मा आफ्नो सञ्चालन सुरु गरेको, मेटलाइफले हालै १० लाखभन्दा बढी मानिसहरुलाई जीवन बीमाद्वारा सुरक्षा प्रदान गर्दै आएको छ। मेटलाइफले ३१६ करोड भन्दा बढी दावीहरू भुक्तानी गरेको छ र ४५,००० भन्दा बढी जनशक्ति विस्तार गरेको छ।
यसका साथै, मेटलाइफले डिजिटलाइज्ड सेवाहरू, अद्वितीय बीमा समाधानहरू र क्यारियर विकास अवसरहरू मार्फत प्रतिभा वृद्धिलाई बढावा दिएर नेपालमा बीमा क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘विश्वकै अग्रणी बीमा कम्पनीहरूमध्ये एकका रूपमा मेटलाइफले विश्वभरका लाखौं ग्राहकहरूलाई आफ्नो भविष्य सुरक्षित राखेर विश्वस्तताका साथ बाँच्न मद्दत गरेको छ। मेटलाइफ दिगो बृद्धिमा विश्वास गर्दछ र नेपालमा मानिसहरूको बढ्दो सुरक्षा आवश्यकताहरू पूरा गर्न नवीन उत्पादनहरू, सेवाहरू र अनुभवहरू प्रदान गर्नमा केन्द्रित रहनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।