काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।
भक्तपुरको लोकन्थलीस्थित नेता बाँस्कोटाको घर बाहिर तार जोडिएको प्रेसर कुकर फेला परेको थियो। उक्त वस्तु बम भएको आशंका गर्दै डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको थियो।
उक्त वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। तर उक्त वस्तु बम नभएको भक्तपुर प्रहरीले पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।